एउटै मञ्चमा पूर्वप्रधानमन्त्री भेला हुनु सुखद् आश्चर्य : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा भारतीय जनता पार्टीका नेता हर्षवर्धनले व्यक्त गरेका विचारमा टिप्पणी गर्दै एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री भेला भएकाे लाई सुखद् आश्चर्य भनेका छन् । हामी सबैले एक अर्कालाई प्रधानमन्त्री बनाएकाे व्यक्त गर्दै उनले यस्तो बताएका छन् ।

सम्बोधनका क्रममा उनले राजेन्द्र लिङ्देनले व्यक्त गरेको विचार प्रति पनि कटाक्ष गरेका छन् । उनले गाउँमा नेता आए भने चोर आए भनेर भनिने कुरा सरासर गलत भएको बताएका छन् ।

सम्बोधनका क्रममा उनले भने सत्ता सञ्चालनमा जाँदा धर्ती छोडिएको जस्तो भएको छ । सत्तामा पुगेपछि नेताहरु किन विचलित भएका छन् । किन नेताहरु सत्ता लिप्सामा छन् । यसबारे सैद्धान्तिक मन्धन गर्न उनले नेपाली कांग्रेसका युवा नेतालाई आग्रह गरेका छन् ।

उनले सत्तामा गएपछि मनोगतवाद बढ्ने गरेको उदाहरण आफ्नो पहिलो सरकारमा पनि बढेकोले जनतासँगको सम्बन्ध बिग्रेको पनि उनले बताए । यस्तो नगर्न उनले नेपाली कांग्रेसलाई पनि ध्यान दिन आग्रह गरे ।

कांग्रेससँग माओवादीको विशिष्ट सम्बन्ध भएको उल्लेख गर्दै उनले हामी मिलेरै हिड्नु पर्ने बताएका छन् । उनले यो सफलता पनि हामीबीचको एकताबाट भएको बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.