एमालेलाई फलो गर्न ओलीको प्रचण्ड र नेपाललाई सुझाव

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना दिने क्रममा ओलीले अरु पार्टीको मञ्चमा आफुले राजनीति गर्न आवश्यक नभएको भन्दै शुभकामना दिन आएको बताए ।

उनले मैले राजनीति गर्न नेकपा एमालेकै मञ्चहरु काफी रहेको भन्दै नेपालको नेतृत्व दायी पार्टीहरु नेकपा एमाले र नेपाली कांग्रेस जस्ता पार्टीहरु राष्ट्रिय मुद्धामा एउटै ठाउँमा उभिन्नु पर्ने बताएका छन् ।

यस्तो परिस्थितीमा नेपाली कांग्रेससँग नेकपा एमाले सहकार्य गर्न तयार भएको ओलीले बताए । अध्यक्ष ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनतिर इंगीत गर्दै भर्खर भर्खर अध्यक्षमा आएको भन्दै रापतापमा नेताहरुलाई चोरको संज्ञा दिएको बताए ।

सरकारबाट हट्नुपर्ने चिन्ता केही दललाई भएको भन्दै एक्लै हिड्न सक्ने साना तिनोलाई साथमा लिएर हिड्ने बाटो बनाउन सक्ने पार्टी एमाले भएको भन्दै फलो गर्न सुझाए । नेकपा माओवादी र नेकपा (एकीकृत समाजवाी)लाई इंगीत गर्दै सानो दलहरुले ठूलो दलसँगको सहकार्य खोज्ने भन्दै सहकार्यमा चाप्लुसी हुनसक्ने भन्दै कांग्रेलाई सचेत रहन समेत ओलीले अनुरोध गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.