यो सरकार चुनावसम्म रहन आवश्यक छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब कांग्रेसलाई सुदृढ बनाउनतर्फ लाग्नुपर्ने बताएका छन्।

शुक्रबार १४औँ महाधिवेशनलाई संबोधन गर्ने क्रममा उनले प्रतिस्पर्धाबाट आएको परिणामपश्चात् पार्टीको सुदृढको अवस्था के भनी प्रश्न गरेका छन् । 

दुई तिहाइ संख्या सिट जित हासिल गरेका कम्युनिस्ट पार्टी सरकारबाट हटेको स्मरण गर्दै यो सरकार चुनावसम्म जान आवश्यक रहेको बताए । उनले भने, ‘यो सरकार चुनावसम्म रह्यो भने कम्तीमा चुनाव निष्पक्ष हुन्छ ।’ 

© 2021 Quicknepal.com  |  All Rights Reserved.