नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन् ।
देशमा सबै शक्तिले शासन गरेको स्मरण गर्दै नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई संबोधन गर्ने क्रममा उनले सो बताएका हुन् ।
यसअघि देउवा खेमामा रहेका निधि १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा निधि देउवाबाट अलग्गिएर आफैँ सभापतिका उम्मेद्वार बनेका छन् ।
लामो समयसम्म देउवाको समिपमा रहेर काम गरेका निधिले अब के गर्लान् भनी प्रश्न उठेको छ । यद्यपि शुक्रबार पौडेल समूहमा सभापतिका आकांक्षीबीच सहमति नजुटेपछि निधिले पौडेललाई सहयोग गर्नसक्ने संकेत गरे । सो संकेतसँगै उनलाई पौडेल खेमाका नेताको रुपमा हेरिएको छ ।