काठमाडौं । सभापति शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलासँग गर्ने सहकार्य गर्ने विषयलाई लिएर संस्थापन समूहमा असन्तुष्टि बढेको छ ।
सिटौला समूहलाई आफ्नो समूहमा समाहित गराउन देउवाले प्रदीप पौडेललाई महामन्त्रीमा अघि सर्ने सहमति भएसँगै संस्थापन समूहमा असन्तुष्टि बढेको हो ।
संस्थापन समूहमा महामन्त्रीका आकांक्षीका रुपमा गृहमन्त्री बालकृष्ण बालकृष्ण खाँण, एनपी साउद, शंकर भण्डारी, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई लगायत छन् ।
प्रदीपलाई महामन्त्री बनाए ‘प्रत्युत्पादक’ हुने चेतावनी दिएका छन् । उनीहरुले लामो समयदेखि टिममा दुःख गरेका नेताहरुलाई पन्छ्याउँदा आन्तरिक एकता खल्बलिन सक्नेप्रति सभापति देउवालाई सचेत गराएका छन् ।
प्रदीपजीबारे हाम्रो केही गुनासो छैन । समस्या त हाम्रो टिमभित्रको हो । सधै अरुका लागि हिड्नेलाई मात्रै अवसर दिने कुरा मान्य हुँदैन’, देउवा टिमका एक नेताले भने ।