काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको प्रस्ताव अस्वीकार गरेका छन् ।
उनीनिकट स्रोतले दिएको जानकारीअनुसार सभापति देउवाले उपसभापतिमा शशांकलाई राखेर चुनाव जान प्रस्ताव गरेका थिए ।
तर शशांकले अस्वीकार गरेको उनी निकट स्रोतले जानकारी दिएको छ ।
“शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उमेदवारी दिनुहुन्छ,” उनले भने ।