थापाले के भनेर घुर्क्याए प्रतिनिधिलाई ?

काठमाडौं । नेपाली का‌ंग्रेसका युवा नेता गगनकुमार थापाले अबको १५ वर्षपछि राजनीतिबाट सन्यास लिने बताउँदै प्रतिनिधिलाई घुर्क्याएका छन् ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थापाले शनिबार उम्मेद्वार घोषणा गर्नुअघि पत्रकार सम्मेलन गर्दै प्रतिनिधिलाई यसरी घुर्क्याएका हुन् । सो क्रममा उनले महामन्त्रीमा आफू विजय वा पराजय भएर कुनै फरक नपर्नेसमेत बताए ।

‘म अबको १५ वर्ष राजनीतिमा सक्रिय हुन्छु । हार जीतसँग मेरो कुनै सम्बन्ध रहँदैन,’ सो क्रममा उनले भने ।

थापाले जारी गरेको अवधारणापत्रमा विशाल रुखको छहारीमुनि अझै १५ वर्ष सक्रिय रहने उल्लेख छ । ‘महामन्त्री पदमा उम्मेद्वारी दिन पाउनु गौरवको कुरा हो । आँखा चिम्म गरे भने धेरै परसम्म जान सक्छु.’उनले भनेका छन् ।

कांग्रेसमा आशलाग्दो युवा नेताको रुपमा थापालाई हेरिन्छ । महाधिवेशनको बन्दसत्रमा राजनीतिबाट सन्यास लिने उनको वक्तव्यले प्रतिनिधिलाई केही हदसम्म बाध्य बनाउने देखिन्छ । 

थापाले उम्मेद्वारी घोषणा गर्ने क्रममा दाबी गरेको महामन्त्री कुर्सीमा विजयी हाँसिल गर्न सके काँग्रेसको कार्यदिशाको प्रस्तावकसमेत हुने बताएका थिए । उनले १४औं महाधिवेशनपछि कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल सम्मानित नेपाली’ हुने बताएका छन् ।

काँग्रेसमा महामन्त्रीको पद राजनीतिक कार्यदिशाको प्रस्ताव गर्ने पद भएकाले पनि आफूले महामन्त्रीमा उम्मेद्वारी दिएको उनको भनाइ छ । उनले हरेक पटक कांग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्ने समय आएको ्वक्तव्य दिँदै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.