सिंह समूहले गर्‍यो उम्मेदवारी दर्ता

काठमाडौं । प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी महामन्त्री पदमा विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

शनिबार दिउँसो उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

शनिबार दिउँसो उनले निकै तामझामका साथ उपसभापतिमा गिरिजापुत्री सुजाता कोइराला र महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्मासहित उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभा पुगेका थिए ।

शनिबार दिउँसोसम्म संस्थापन समूहमै छन् भनी आँकलन गरिएका शर्मा एकाएक सिंह समूहमा पुगेका छन् । शर्माले यसअघि नै महामन्त्रीको उम्मेदवार बन्ने भनी घोषणा गरेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.