देउवाले घुर्क्याए आदिवासी प्रतिनिधिलाई

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा शेरबहादुर देउवाले आदिवासी जनजातिलाई आफ्नो पक्षमा मतदान गर्न बाध्य हुने गरी घुर्क्याएका छन् ।

आइतबार लैनचौरस्थित एक बैंक्वेटमा आधिवासी जनजाति समुदायका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा आफूले सभापतिमा नजिते प्रधानमन्त्री पद र ओलीसँग जोडेर प्रतिनिधिलाई घुर्क्याएका हुन् । 

उनले भने, 'प्रजातन्त्र आजको जरुरी कुरा हो। कांग्रेसभित्र प्रजातन्त्र छ। तपाईंहरुलाई थाहै छ । अस्ति ओली हुँदा कस्तो थियो तपाईंहरुलाई थाहै छ ।'

सो क्रममा उनले आफूले हारेमा प्रधानमन्त्रीबाट हटाउनेसमेत बताए । ‘त्यसैले मैले जित्नैपर्छ । मलाई जिताइदिनु होला। पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,' सो क्रममा उनले भने, 'त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला,'उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.