काठमाडौं । नेपाली कांग्रेसले जारी गरेको आचरणसंहिता कार्यान्वयन नभएको पाइएको छ ।
माहाधिवेशनका क्रममा सत्तारुढ दलले १४औँ महाधिवेशन सुरु हुनुअघि जारी गरेको आचारसंहितामा उल्लेख स्वास्थ्यसम्बन्धी मापदण्ड कार्यान्वयन नभएको पाइएको हो ।
महाधिवेशन सुरु हुनुअघि कांग्रेसले जारी गरेको आचारसंहितामा अनिवार्य माक्सको प्रयोग अनिवार्य गर्न उल्लेख छ ।
तर, कांग्रेस महाधिवेशनमा उपस्थित प्रतिनिधि तथा कार्यकर्ताले माक्सको प्रयोग गरेका छैनन् ।
सभागृहमा प्रवेश गेटमा स्यानिटाइजर र माक्स अनिवार्य गरिनुपर्ने हो । तर त्यसो भएको पाइएन । यद्यपि केहीले आफ्नो स्वास्थ्यको ख्याल गरेर आफैँ सचेत थिए ।
महाधिवेशन सुरु हुनुअघि कांग्रेसले मंसिर २२ गते ६ बुँदे आचारसंहिता जारी गरेको थियो । जारी महाधिवेशन २७ गतेसम्म चल्नेछ ।