काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज बिहानबाट हुने भनिएको मतदान प्रक्रिया सुरु भएको छैन । तर मतदाता लाइनमा भने लागिसकेका छन्।
यस्तै मतदाता फकाउन उम्मेदवारहरू पनि लाइनमा लागिसकेका छन्। शेखर कोइराला प्यानलबाट महामन्त्री उठेका गगन थापा पनि बिहानै मतदान केन्द्रबाहिर पुगेर मत माग्न व्यस्त छन्। उनी हात जोडेर मतदाता फकाइरहेका छन्।

