काठमाडौं । नेपाली कांग्रेस सभापतिका प्रतिस्पर्धी शेखर कोइरालाले आफूले पहिलो चरणमै जित्ने बताएका छन् ।
सोमबार मतदानस्थल पुगेका कोइरालाले सो बताएका हुन् ।
कांग्रेसको विधानबमोजिम सभापतिमा चयन हुन ५१प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने उल्लेख छ । पहिलो चरणमा ५१ प्रतिशत मत नल्याए पुन: मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
कोइराला मतदानस्थल गएर मतदानस्थलमा मतदातासँग मत मागिरहेका छन् । देउवा र कोइरालाबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।
हिलो चरणमा नै जित्छु शेखर ।कडा प्रतिस्पर्धा हुने देखिन्छ प्रकाशमान