कसले कति समयमा गरे मतदान ?

काठमाडौं। सभापतिका प्रतिस्पर्धी विमलेन्द्र निधिले आफूलाई मतदान गर्न ५० मिनेट लागेको बताए । मतदान गर्दा आफूलाई रमाइलो लागेको उनले बताए ।

उनले भने, ‘अरु अरुलाई सभापति बनाउन मतदान गर्दै थिए । तर, मैले आफैँलाई सभापति बनाउन मतदान गरे । 

त्यसैगरी, नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले आफूलाई मतदान गर्न ४५ मिनेट लागेको बताएका छन् । 

त्यसैगरी, दैलेखका प्रतिनिधि गणेश बोगटीले गाउँबाट आएका प्रतिनिधिलाई ५० मिनेटभन्दा बढी समय लग्ने बताए ।

यसअघि सभापति देउवाले करिब एक घन्टा समय लगाएर मतदान गरेका थिए ।

सोमबार १४ औँ महाधिवेशनका क्रममा एक सभापतिका प्रतिस्पर्धी ५ उम्मेद्वारसहित कुल १३२ पदमा प्रतिस्पर्धीलाई मतदान गरेर बाहिरिने क्रममा उनले सो बताएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.