सभामुख सापकोटाको स्पष्टोक्ति : सभामुखको भूमिका संसदमा देखिन्छ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद सुरु भएपछि सभामुखको भूमिका देखिने बताएका छन् ।

सोमबार संसद भवन अवलोकनका क्रममा उनले सो बताएका हुन् । 

मंगलबारदेखि अर्थात् भोलिबाट हिउँदे अधिवेशन सुरु हुँदै छ । सो क्रममा उनले प्रभावकारिताका लागि राजनीतिक दलको भूमिका निर्णायक हुनेसमेत बताए । 

सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने उनले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.