सेयरबजार एकैदिन १०० अंक घटेपछि अर्थमन्त्रीको प्रतिक्रिया : नेताको अभिव्यक्तिकै कारण बजार घट्नु दुखद

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेताले बोलेकै भरमा सेयर बजार बढ्नु वा घट्नु राम्रो नभएको बताएका छन् ।

सोमबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधनका क्रममा उनले सो बताएका हुन् । आइतबार माओवादी अध्यक्ष प्रचण्डले पुँजीवादको विकासले जनताको हित नगर्ने बताएका थिए । 

सोको प्रभावस्वरुप सोमबार सेयरबजार राताम्मे भएको थियो । 

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० भन्दा बढी अंकले घटेको छ।  बजार खुलेदेखि नै तिव्र गतिमा ओरालो लागेको नेप्से, साढे २ घण्टामा १००.८२ अंक घटेर २२६०.४२ विन्दुमा झरेको हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.