सोमबार थप ३ सय ४१ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा आज थप ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय १६ जनामा पिसिआर र २ हजार ८ सय २० जनामा एन्टीजेन परीक्षण गर्दा ३ सय ४१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ ।

यस्तै, कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३ सय ७६ जना कोराना मुक्त भएर घर फर्केका छन् ।

देशभर हाल ५ हजार ८ सय २४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.