काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समयावधि चार घण्टा थप गरिएको छ ।
निर्वाचन समितिका अनुसार सोमबार बेलुका ५ बजेसम्मका लागि निर्धारित समयावधि चार घन्टा बढाएर ९ बजेसम्मका लागि लम्ब्याइएको हो।
निर्वाचन समिति प्रचार समिति संयोजक सुरेश आचार्यले बिहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिए पनि ढिला गरी मतदान सुरु भएकाले समयावधि लम्ब्याइएको जानकारी दिए ।