सोमबार कांग्रेस महाधिवेशन टाइमलाइन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा ७: ३० सम्म मतदान जारी छ । 

मतदानका लागि मतदानस्थल ‘क’ र मतदानस्थल ‘ख’ र मतदानस्थल ‘ग’ गरी तीन ठाउँमा व्यवस्था मिलाइएको छ ।

मतदानस्थल ‘ग’ मा प्रदेश १,बागमती प्रदेश र सुदूरपश्चिमका प्रदेश प्रतिनिधिले मतदान गर्ने व्यवस्था मिलाइएको छ । 

त्यसैगरी, मतदानस्थल ‘ख’ र मतदानस्थल ‘क’ मा क्रमश: गण्डकी प्रदेश, प्रदेश २, र कर्णाली प्रदेश, ५ प्रदेश र केन्द्रका मुख्य नेताले मतदान गर्ने व्यवस्था गरिएको छ । मतदानका लागि ११ सय मतपेटिका प्रयोग गरिएको छ । निर्वाचन समितिका अनुसार मतदान प्रतिनिधि ४ हजार ७ सय ४३ जना छन् ।
बिहान आठ बजेबाट मतदान गर्ने भनिए पनि मतपत्र छपाइ र कोडिङ ढिलो हुँदा ११ः२३ बाट मात्रै मतदान सुरु भएको थियो ।

सभापतिका उम्मेदवारमध्ये सबैभन्दा चाँडो प्रकाशमान सिंह मतदानस्थल पुगेका थिए । सो क्रममा उनी मत माग्नभन्दा पनि मतदान गर्न आतुर देखिन्थे । यद्यपि कुलबहादुर गुरुङ पहिलो मतदाता बने ।

११ बजेर ३५ मिनेट जाँदै गर्दा देउवा मतदानस्थल प्रवेश गरे । उनी हात हल्लाउँदै सरासर मतदानस्थलतर्फ लागे । 

सो क्रममा प्रहरी र सञ्चारकर्मीबीच सामान्य धकेलाधकेल समेत भयो ।  यतिकैमा शेखर कोइरला आइपुगे । उनी मतदानस्थल पुग्दा १२ बजेर १७ मिनेट गएको थियो ।

तर, उनी मतदान गर्नभन्दा पनि मतदाता रुझाउनतिर लागे । त्यसै बीचमा निधि आइपुगे । तलबाट हात हल्लाउँदै उनी मतदानस्थल प्रवेश गरे । सोही क्रममा हात हल्लाउँदै देउवा पनि आए । देउवा मतदानस्थल आइपुग्दा ठिक १२ बजेर ४३ मिनेट गएको थियो । उनले लगभग एक घन्टा लगाएर मतदान गरेका थिए ।

तर, सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला मतदान नगरी भोट माग्न व्यस्त भए । 

सोही क्रममा गृहमन्त्री बालकृष्ण खाँण मतदान गरेर बाहिरिए । उनी निस्किँदा १ बजेर ५ मिनेट गएको थियो । 

सो क्रममा सभापतिमा प्रतिस्पर्धी विमलेन्द्र निधि आफूलाई मतदान गरेर निस्के । सो क्रममा उनले आफूलाई मतदान गर्न ५१ मिनेट लागेको प्रतिक्रिया दिए । उनले मतदान गर्दासम्म एक बजेर ४१ मिनेट गएको थियो । 

जुनबेलासम्म तीनवटै मतदानस्थलमा गरी ४०५ मत मात्र खेसेको थियो । 

यसरी सभापतिका प्रतिस्पर्धीले आफैँले आफूलाई मतदान गरेर बाहिरहँदा मतदान गरेर बाहिरहेका अधिकांशले युवा पिँडीलाई मतदान गरेको प्रतिक्रिया दिएका थिए ।

सोही क्रममा पूर्वप्रधानमन्त्री गिरिजापुत्री सुजाता मतदान गरेर बाहिरिन् । सुजता बाहिरिँदा उनको साथमा एक नेताबाहेक कोही थिएन।
उनको सामु शेखर हुँदा उनी ओझेलमा परेकी थिइन । सारा मिडिया शेखरलाई खिच्ने धाउन्नमा थिए । उनलाई कसैले वास्तासमेत गरिरहेका थिएनन् ।

जुनबेलासम्ममा ६०० भन्दा बढी मत खसिसकेको थियो । तीन बज्नै लागेको थियो । बाहिर सञ्चारमाध्यममा छयापछ्याप्ति शेखरले जित्ने समाचार आउन थालेका थिए ।

त्यत्तिकैमा सभापति देउवा ७० भन्दा बढी सुरक्षाकर्मीको साथमा आक्रमक रुपमा मतदानस्थलमा उपस्थित भए । भोट माग्न मतदान गर्न लाइनमा बसेका मतदाताको लाइन वारपार गरिरहे । जुन दृष्य अराजक किसिमको देखिन्थ्यो । 

त्यसपछि उनी दिनभर शेखर बसेको कुर्सीमा बस्न पुगे । र, मतदातासँग मत मागे । शेखर त्यो कुर्सीबाट उठ्नेबित्तिकै उनी सो कुर्सीमा बस्न पुगेका थिए । 

जुन समय बाहिर ‘१४ औं महाधिवेशन के भन्छ गगन थापा ले भन्छ’ भन्ने नारा गुन्जिरहेको थियो । 

गगनको के्रज प्रर्दशनी मार्गको त्यो लाइन सबै प्रचाको थुप्रोले भरिएको छ । जथाभावी पर्चा फ्याँक्दा सडक सेताम्मे भएको छ । 

सो क्रममा देउवा मतदानबाट त्रसित देखिन्थे भने अर्का प्रतिस्पर्धी शेखर ढुक्कजस्तै देखिन्थे । तर, प्रकाशमान र निधि झल्याकझुलक्क अनौठो महसुस गरिरहेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.