काठमाडौ । नेपाली कांग्रेसको मतदानको कार्यक्रम २७ मंसिर बेलुकी ९ बजे नसकिने भएको छ । निर्वाचन समितिले मतदान ९ बजे सक्ने जनाएकोमा विहान अबेर गरि निर्वाचन सुरु भएकोले २ घन्टा लम्बिने भएको हो । महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता रहेकोमा अहिलेसम्म ४ हजार २ सयले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।