काठमाडौ । नेपाली कांग्रेसको जारी मतदान समय ११:३० बजेसम्मलाई तोकिएको छ । अहिलेसम्म ४ हजर ५ सय मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । बाँकी २४३ मतदाताको लागि समय तोकिएको हो । मतदान सम्पन्न भएसँगै सभापतिको मतगणना मध्यरातबाट सुरु हुनेछ । सभापतिको मतगणना राष्ट्रिय सभागृहमा हुने निर्वाचन समिति संयोजक सुरेश आचार्यले जनाए ।