कांग्रेस महाधिवेशन : सभापतिको मत गणना शुरु

काठमाडौं । नेपाली कांग्रेसको ढिलो गरी सम्पन्न भएको मतदान पश्चात  राति १ बजेबाट मतगनणा हुने भनिएता पनि भर्खरै मात्र शुरु भएको छ । 

मतगनणाको पूर्ण तयारी पछी भर्खरै मतगनणा शुरु भएको निर्वाचन समितिले जनाएको छ । अहिले राष्ट्रिय सभागृहमा सभापतिको मात्र मतगनणा शुरु भएको छ ।  

बाँकी पदाधिकारीको कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केही बेरमा मतगनणा शुरु हुने बताइएको छ ।  

महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमा ४ हजार ६७९ मत खसेको छ । ६४ जनाले मत दिएनन् । पहिलो चरणको निर्वाचनमा निर्वाचित हुनको लागि ५१ प्रतिशत अर्थात २३४० मत आबश्यक पर्छ ।  

कुनै पनि सभापतिको उम्मेदवारको मत ५१ प्रतिशत पुगेन भने बारीएता क्रममा पहिलो र दोस्रो उम्मेदवारबिच पुन दोस्रो चरणको निर्वाचन हुनेछ ।  

बिहान १० बजे भित्र मत परिणाम दिने गरि तीन ठाउँमा मतगनणा शुरु भएको निर्वाचन समितिले जनाएको छ ।  

सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.