कांग्रेस मतगणना अपडेट : देउवाको अग्रता कायमै

नेपाली कांग्रेसको सोमवार बिहान शुरु भएको मतगणना जारी छ ।

२३०० मतगणना गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

यस्तो छ, मतपरिणाम

शेरबहादुर देउवा : १५५६

शेखर कोइराला : ११९७

प्रकाशमान सिंह :२०१

कल्याण गुरुङ : १७ 

महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमा ४ हजार ६७९ मत खसेको छ । ६४ जनाले मत दिएनन् । पहिलो चरणको निर्वाचनमा निर्वाचित हुनको लागि ५१ प्रतिशत अर्थात् २३४० मत आबश्यक पर्छ ।

कुनै पनि सभापतिको उम्मेदवारको मत ५१ प्रतिशत पुगेन भने बारीएता क्रममा पहिलो र दोस्रो उम्मेदवारबिच पुन दोस्रो चरणको निर्वाचन हुनेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.