नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । सभापतिका लागि आइतबार राति मतदान सकिएलगतै सुरु भएको मतगणनाका क्रममा देउवाले अग्रता कायम राखेका हुन् ।
कुल चार हजार गणना हुँदा देउवाले १९०० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शेखर कोइरालाले १४६७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, प्रकाशमान सिंहले २९६ मत र विमलेन्द्र निधिले २३० मत प्राप्त गरेका छन् भने कल्याण गुरुङले २० मत मात्र प्राप्त गरेका छन् ।
महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमा ४ हजार ६७९ मत खसेको छ । ६४ जनाले मत दिएनन् । पहिलो चरणको निर्वाचनमा निर्वाचित हुनको लागि ५१ प्रतिशत अर्थात् २३४० मत आवश्यक पर्छ ।
कुनै पनि सभापतिको उम्मेदवारको मत ५१ प्रतिशत पुगेन भने पहिलो र दोस्रो उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुनेछ ।