'राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुन्छ' : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘राष्ट्रिय सहमतिबाट एमसीसी संसदमा पेश हुने छ ।’ उनले भने ‘संशोधनसहित सहमतिमा एमसीसी पेश हुन्छ ।’

माओवादी केन्द्रको संसदीय दलको बैठकले विभिन्न बोर्ड गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । जसअन्तर्गत राष्ट्रिय सभा दलका प्रमुख सचेतक गोपी अछामी, सचेतक गंगा बेलबासे र सचिव रामनारायण बिडारीलाई चयन गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.