काठमाडौं । नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदानका क्रममा दुई हजार पाँच सय मत खसेको छ ।
सभापतिका लागि भएको दोस्रो चरणको मतदानका क्रममा उल्लेखित मत खसेको हो । यसअघि भएको पहिलो चरणका क्रममा भएको मतदानबाट कुनै पनि प्रतिनिधिले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन:मतदान गरिएको हो । जुन अहिले पनि जारी छ । कांग्रेसको विधानमा सभापतिका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । मतदानका लागि सभागृहमा ६ वटा बुथको व्यवस्था गरिएको छ ।
मतदानस्थलमा यतिबेला उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन लाइनमा उभिएका मतदातासँग भोट माग्न व्यस्त छन् ।
दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।