काँग्रेस महाधिवेशन : सकियो दोस्रो चरणको मतदान, केही बेरमा मतगणना सुरु

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ । सभापतिको लागि भएको मतदानको मतगणना भने केही बेर (१० बजे) पछि गरिने निर्वाचन समितिले जनाएको छ ।

मंगलबार अपरान्ह ३ ३० बजेबाट सुरु भएको मतदान निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो गरि सम्पन्न भएको हो । दोस्रो चरणको मतदानमा चार हजार सात सय ४३ मध्ये चार हजार ५ सय ६४ मतदाताले मात्र मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा प्रतिनिधिले शेर बहादुर देउवा र शेखर कोइरालालाई मतदानद गरेका छन् । सोमबार भएको मतदानमा सभापतिका उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन दोस्रो चरणका लागि मतदान गरिएको हो । जसका लागि सभापति प्रत्याशी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ बाहिरिएसँगै देउवा र कोइरालाबीच प्रतिष्पर्धा भएको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.