काँग्रेस महाधिवेशन : सभापतिको मतगणना ११ बजेपछि

काठमाडौं । सभापतिको लागि भएको दोस्रो चरणको मतदानको मतगणना ११ बजेपछि हुने भएको छ । मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकोले मतपेटीका शिलबन्दी गरि मुचुल्का बनाई मतगणना गर्ने तयारी रहेको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले बताए ।

पहिलो चरणमा भएको मतदानमा ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सभापतिका लागि दोस्रो चरणको मतदान भएको हो । दोस्रो चरणको मतदानमा चार हजार सात सय ४३ मध्ये चार हजार ५ सय ६४ मतदाताले मात्र मनदान गरेका छन् । करिब एक सय बढी मतदाताले भने मतदान गरेका छैनन् ।

सभापतिका लागि प्रतिष्पर्धामा उत्रिएका शेर बहादुर देउवा र डा शेखर कोइरालाले करिब ६ घण्टा मतदान स्थलमै रहेर प्रतिनिधिसमक्ष मत मागेका थिए । मतदान सकिन केही मिनेट बाँकी रहदा देउवा मतदानस्थलबाट बाहिरिएका थिए । देउवाको यो उपस्थितिलाई भने काँग्रेस महामन्त्री पदका दावेदार गगनकुमार थापाले जितको सुनिश्चि नभएको बताएका छन् । अझै पनि देउवामा आफूले जित्छु भन्ने आत्मविश्वास नभएकोले दिनभर प्रतिनिधिसँग बसेर भोट मागेको उनको आरोप छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.