काँग्रेस सभापति मतगणना अपडेट : देउवाको अग्रता कायमै

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको मतगणनामा १६ सय मत गन्दा सभापति प्रत्यासी शेर बहादुर देउवाले ९४० मत प्राप्त गरेका छन् । यसैगरी प्रतिद्धन्दी प्रत्यासी डा.शेखर कोइरालाले ६४८ मत प्राप्त गरेका छन् ।

सोमबार भएको सभापतिको मतदानमा उम्मेद्वारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान गरिएको हो । पहिलो चरणको सभापति उम्मेद्वारमा ५ जना प्रत्याशीबिच प्रतिष्पर्धा भएको थियो । जसमध्ये शेर बहादुर देउवाले दुई हजार २५८, शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । यसैगरी अर्का उम्मेद्वार पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रिय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

दोस्रो चरणको सभापति मतदानमा भने प्रत्याशी उम्मेद्वार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ देउवाको समर्थनमा उभिएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.