काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनीत ४४ सदस्यले शपथग्रहण लिँदै छन् ।
बुधबार बिहान अध्यक्ष केपी शर्मा ओलीबाट उनीहरुले शपथग्रहण गर्नेछन् । शपथग्रहण कार्यक्रम ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने कार्यक्रम छ ।
प्रचार विभाग विष्णु रिजालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराउने र सम्बोधन गर्ने कार्यक्रम छ ।