काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो फेसबुकमा कमेन्ट गर्न नमिल्ने गरी सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
दोस्रो चरणबाट सभापतिमा देउवा निर्वाचित भएपछि उनले फेसबुकमार्फत् शुभकामना दिएका हुन् ।
नेतृत्व परिवर्तनको नारा लगाएर मंगलबार सभापतिमा देउवालाई समर्थन गरेपछि सामाजिक सञ्जालमार्फत् उनले देउवालाई बधाई दिएका थिए । यद्यपि उनले दिएको बधाई तथा शुभकामनामा कमेन्ट गर्न मिल्दैन ।
सभापितका उम्मेदवार भएका सिंहले देउवालाई समर्थन गरेपछि देउवा सभापतिमा निर्वाचित भएका थिए ।
उनले देउवालाई दिएको शुभकामनाको शीरमा बिपी गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला,शुशील कोइराला र चारतारे झन्डा अनि रुढ चिन्ह राखी तलपट्टि देउवाको फोटो राखेका छन् ।
