काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको टुङ्गो लागेपछी शुरु भएको उपसभापतिको मतगणना जारी नै छ ।
पछिल्लो मत पतिणाम अनुसार ४००६ मतगणना गर्दा पूर्णबहादुर खड्का र बिजय कुमार गच्छादारले अग्रता लिएका छन् ।
४००६ मतगणना हुँदा पूर्ण बहादुर खड्काले १८२२ मत प्राप्त गरेका छन् भने विजयकुमार गच्छदारले १५९७ प्राप्त गरेका छन् ।
यस्तै सुरुवाती अग्रता बनाएका धनराज गुरुङले १५१७ मत प्राप्त गरेका छन् । डा. चन्द्र भण्डारीले १३३८ मत ल्याएका छन् ।
दुई जना उपसभापतिमा खड्का र गच्छादारको संभावना बलियो देखिएको छ । तथापी गुरुङले गच्छादारलाई पछ्याईरहेका छन् ।