काठमाडौं । उपभोक्ता समितिमार्फत हुने सम्झौतामा रोक लगाउने शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्णय खारेज भएको छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय निर्णयबमोजिम सो निर्णय खारेज भएको हो ।
मन्त्री झाँक्रीले उपभोक्ता समितिको काम गुणस्तरीय नभएको, भ्रष्टाचार बढेको, काममा ढिलासुस्ती भएको भन्दै खरिद सम्झौता रोक्ने निर्णय गरेकी थिइन् ।
मन्त्रीको सो निर्णयबमोजिम कात्तिक १४ यता उपभोक्ता समितिमार्फत् हुने सबै प्रकारका सार्वजनिक खरिद कार्य रोकिएका थिए ।