काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा स्थगित गरेको जानकारी गराएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहका कर्मचारीको सरुवा तत्कालका लागि स्थगित गरेको जानकारी दिएको हो ।
‘आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
२०७६ सालमा संघीय लोक सेवा आयोगको परीक्षा पास गरी ९ हजार कर्मचारी स्थानीय तहमा भर्ना भएका थिए ।
मन्त्रालयका अनुसार यो बीचमा यसरी स्थानीय तहमा सिफारिस भएका कर्मचारी विभिन्न कारण देखाउँदै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा हुँदै आएका थिए ।
तर,पछिल्लो समय उनीहरु विभिन्न कारण देखाउँदै मन्त्रालयमै सरुवा माग गरेका छन् ।
सोही विषयलाई लिएर अदालतमा पनि मुद्दा परेको छ ।