काठमाडौं । नेकपा(माओवादी केन्द्र) र नेकपा मसाल(सम्पर्क केन्द्र) बीच एकता घोषणा भएको छ ।
शुक्रबार काठमाडौंमा भएको दुई पार्टीबीच भएको एकताका क्रममा दुवै पार्टीका शीर्षस्थ नेताबीच एक/अर्कालाई माल्यार्पण गरेर पार्टी एकीकरण भएको घोषणा गरेका थिए ।
सो क्रममा मसालका अध्यक्ष लोकेन्द्र लम्सालले सबै कम्युनिस्ट एक ठाउँमा उभिनुपर्ने बताए ।