काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता सम्पन्न भएको छ । पार्टी एकता वर्ल्ड ट्रेड सेन्टरमा भएको हो ।
सम्पर्क केन्द्रका नेता लोकेन्द्र लम्सालले आजको आवश्यकता पार्टी एकता भएका बताएका छन् । उनले भने 'एकताले मात्र वैज्ञानिक समाजवादी समाज बनाउन सकिन्छ । अलग अलग बसेर सम्भव छैन ।' मार्क्सवादलाई जडसूत्रमा बुझेर अलग नबस्ने उनले आग्रह गरे । फरक फरक चुला चम्का स्थापना गरेर फरक फरक भान्सा नबनाउन उनले अन्य कम्युनिष्ट घटकलाई आग्रह गरेका हुन् ।
आजको दिनमा हाम्रो विचार र माओवादीको विचारबीच समानता भएकाले पार्टी एकता भएको उनले बताए । उनले सम्बोधनमा भने 'आफ्नो पार्टीको ३२ जिल्लामा भएको संगठन र ६ जिल्ला रहेको सम्पर्क माओवादीमा समाहित छ ।' आजको दिनमा प्रचण्डलाई बलियो बनाउनु पर्ने उनले सम्बोधनका क्रममा बताए । यो एकतापछि माओवादी केन्द्र बलियो बन्ने उनले सम्बोधनमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले इतिहास विज्ञानको नियम अनुसार अगाडि बढ्ने बताएका छन् ।
उनले हिजो एकै ठाउँमा रहेका पार्टीहरु मिलेर अहिले माओवादी केन्द्र बनेको बताए । उनले भने 'हामी एउटै स्कुलमा विद्यार्थी हौँ ।'
देशमा कम्युनिष्ट आन्दोलन बलियो होस्, देशमा विकासको नयाँ सुरुवात होस् भनेर एमालेसँग एकता गरेकाे उनले बताए । 'तर, एमालेको नेतृत्वमा क्रान्तिकारी सोच नभएकाले सकारात्मक रुपमा विकसित हुन सकेन ।'
उनले नेताको भूमिका क्रान्तिमा महत्वपूर्ण हुने बताएका छन् । 'रुसमा बोरिस यल्सिनजस्ता नेताका कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको हो ।' नेपालमा पनि यस्तै खतरा रहेको उनको सम्बोधनमा संकेत थियो ।
नेपालमा दुईवटा विचारको संघर्ष चलिरहेको उनले सम्बोधनमा बताए । उनले भने 'प्रतिक्रान्तिको पक्षधर र बामपन्थीहरु एकातर्फ रहेका छन् । गत साल पुष ५ गतेबाट प्रतिक्रान्तिको षड्यन्त्र सुरु भएको छ । संविधान खारेज गर्ने कदम चालिएको छ । उनले पार्टीभित्रको संघर्षको प्रतिफल भनेर दुष्प्रचार गरिएको समेत बताए ।'
जनताको सेटिङको अगाडि प्रतिक्रियावादीको सेटिङको केही चल्दैन । 'अहिले पनि षडयन्त्रको गुञ्जायस रहेकोले कम्युनिष्टहरु बीचको एकताले नै प्रतिक्रान्ति विरुद्धको नेतृत्व गर्न सकिने भएकाले हामी मिल्ने पर्नेछ ।'
गाउँ गाउँमा मान्छेको शिला खोज्दै हिडेका छन् । 'यो एकताले षडयन्त्रकारीहरु परास्त हुने उनले बताए । उनले को विजयी हुने हो केही समयपछि नै थाहा हुने हुने बताए । आउने निर्वाचनमा कसको हालत के हुने जनता देखाउने बताए ।'
आगोसँग खोल्दा केपी ओली बालुवाटारबाट बालकोट पुगेको तथा ६ प्रदेशबाट शून्यमा झरेको उनले बताए ।
गठबन्धनमा कुनै बैरभाव नभएको उनले बताए । उनले भने 'गठबन्धनलाई यो एकताले केही असर गर्दैन । र गठबन्धनमा कुनै बैरभाव छैन ।'
मोहन विक्रम सिँहसँग पनि एकताबारे कुरा भइरहेको उनले सम्बोधनमा बताएका छन् । उहाँ पनि तपाईहरु जस्तै ब्युँझनु हुनेछ । र हाम्रो एकता हुनेछ । म पनि अलि अघि ब्युँझिएको छु ।