काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव अघिसम्म संसद अवरोधले निरन्तरता पाउने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौंमा सम्पादकहरुसँग भएको अन्तरक्रिया आफूले प्रधानमन्त्रीसँग बालकोट जान प्रस्ताव गरेको खुलासाल गरेसँगै ओलीले सो बताएका हुन् ।
संपादकसँग भएको अन्तरक्रियाका क्रममा अध्यक्ष दाहालले संसद अवरुद्ध, एमसिसीबारे छलफलका लागि बोलाइएको सर्वदलीय बैठकमा ओली नआएको बताएका थिए ।
यद्यपि ओली सो जवाफ संसद अवरोध कहिलेसम्म भनी गरेको प्रश्नको जवाफ दिने क्रममा भनेका थिए ,‘ संसद चुनावसम्म निरन्तर अवरुद्ध भइरहन्छ । संसद चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन् ।’