प्रदेश-२ को नाम र राजधानी टुंग्याउन समिति गठन

काठमाडौं । प्रदेश २ को नामकरण र राजधानी टुङ्गो लगाउन समिति गठन भएको छ । लामो समयसम्म प्रदेशको राजधानी र नाम टुंगो लग्न सकिरहेको छ ।

यहीबीचमा मंगलबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधानी टुंगो लागउन सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो ।

सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समिति गठन गरिएको छ । 

समितिको उपसभापतिमा उपसभामुख उपमा देव छिन् भने सदस्यहरूमा उपेन्द्र प्रसाद कुशवाहा, किशोरी साह कमल, जगत प्रसाद यादव, दिलीप कुमार साह, परमेश्‍वर साह, विन्देश्वर प्रसाद यादव, शत्रुधन महतो, शारदा देवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्र कुमार यादव, संजय कुमार यादव, सावित्री देवी साह, सुन्दर बहादुर विश्वकर्मा र सुरिता साह छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.