कार दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बुधबार राति पौने ११ बजे मध्यपुर थिमी नगरपालिका-४ स्थित चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो। 

दुर्घटनामा कारका चालक सिन्धुली कमलामाई नगरपालिका १२ का २५ वर्षीय सविन घिसिङ र धनुषा जनकपुर उपमहानगरपालिका-१५ का २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो। 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुबैको नागरिक अस्पताल गठ्ठाघरमा उपचारका क्रममा मृत्यु भएको हो। 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.