काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायेकेले नवनियुक्त कप्तान सन्दीप लामिछानेको प्रशंसा गरेर समर्थन गरेका छन् । कप्तानको भूमिकामा सन्दीप सफल हुने उनले बताएका छन् ।
पात्रकार सम्मेलनमा दासानायेकले सन्दीपको खुलेर प्रशंसा गरेका हुन् । एसोसिएट राष्ट्रहरुमा सन्दीप जति ‘क्यालिबार’ भएको अर्को खेलाडी नरहेको उनको भनाई छ ।
उनले भने सन्दीप अन्डर १९ टोलीको कप्तान थिए । उनले धेरै कुरा उपहार पाएका छन् । सायद यो कप्तानी पनि उनले अनपेक्षित रूपमा पाएका छन् । टोलीको नेतृत्व गर्नु उनको लागि नयाँ चुनौती हुनेछ । तर, मलाई विश्वास छ, उनी यो परीक्षामा पनि सफल नै हुनेछन् ।’